जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट ल्याइने : अर्थमन्त्री वाग्ले
२०८३ जेठ ५

सरकारले आगामी बजेटमार्फत सुशासन, आर्थिक सुधार र सामाजिक न्यायलाई प्राथमिकता दिने जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी तयार गरिएको बताएका छन् । उनले सुशासन, अर्थतन्त्र पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र अन्तर्राष्ट्रिय सम्बन्धलाई बजेटका पाँच मार्गदर्शक सिद्धान्त बनाइएको जानकारी दिए । यी प्राथमिकताले आर्थिक वृद्धि, रोजगारी र सामाजिक न्यायलाई सुदृढ गर्ने सरकारको विश्वास छ ।
Tags:
#स्वर्णिमवाग्ले #बजेट२०८३ #अर्थतन्त्र #सुशासन #नेपालसरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

