साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार
२०८३ जेठ १

शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै सेयर बजारमा मिश्रित अवस्था देखिएको छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१.९४ बिन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये ७ बढ्दा ६ घटेका छन् । कुल ३ अर्बभन्दा बढीको कारोबार भएको दिन १२७ कम्पनीको मूल्य बढ्यो भने १२० कम्पनी घटे । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो ।
Tags:
#नेप्से #सेयरबजार #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

