सेयरबजारमा बलियो उछाल, नेप्से ५७ अंकले बढ्यो
२०८२ माघ ११

देश निर्वाचनतर्फ उन्मुख हुँदै गर्दा लगानीकर्तामा देखिएको उत्साहका कारण साताको पहिलो कारोबार दिन आइतबार (माघ ११) सेयर बजार उच्च अंकले उकालो लागेको छ।
साताको पहिलो कारोबार दिन सेयरबजारमा उल्लेख्य उछाल आएको छ। नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ। १३ अर्ब ७८ करोडको कारोबार हुँदा २४० सेयर बढे। आठ कम्पनीमा पोजिटिभ सर्किट लाग्दा सबै उपसूचक हरियाली देखिएका छन्।
Tags:
#सेयरबजार #नेप्से #शेयरकारोबार #पोजिटिभसर्किट #पूँजीबजार #आर्थिकसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

