पुँजीगत खर्च बढाउन नीतिगत सुधार थालेको अर्थमन्त्रीको भनाइ
२०८३ श्रावण २१

सरकारले पुँजीगत खर्च बढाउन नीतिगत र प्रक्रियागत सुधार सुरु गरेको अर्थमन्त्री वाग्लेले बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च गर्ने क्षमता सुधार्न नीतिगत तथा प्रक्रियागत परिवर्तन सुरु गरेको बताएका छन्। अर्थ समितिको बैठकमा उनले बजेट खर्चको पुरानो प्रवृत्ति तोड्दै ८० देखि १०० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने वातावरण बनाइने बताए। विगतका नीतिगत निर्णय र ठेक्का स्थगित हुँदा खर्च अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।
Tags:
#छोटोखबर #स्वर्णिमवाग्ले #अर्थमन्त्रालय #पुँजीगतखर्च #बजेट #आर्थिकसुधार #नेपालअर्थतन्त्र #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

