सुनचाँदीको मूल्यमा भारी गिरावट
२०८२ चैत्र ६

सुनको मूल्य आज तोलामा सात हजार आठसय रुपैयाँ घटेर दुईलाख ९४ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा शुक्रबार चैत ६ मा सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन तीन लाख दुई हजार ३०० रुपैयाँ थियो। चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर तोलाको चार हजार ८९५ रुपैयाँ पुगेको छ।
Tags:
#सुनमूल्य #चाँदीमूल्य #बजारअपडेट #आर्थिकसमाचार #नेपाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


