नेप्से १३ अंकले घट्यो, उत्पादन समूहमा रेकर्ड वृद्धि
२०८२ चैत्र २७

समग्र बजार घट्दा पनि उत्पादन समूहको सूचक उच्च वृद्धि गर्दै नयाँ रेकर्डमा पुगेको छ।
शुक्रबार नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७ मा झर्यो। कारोबार रकम ८ अर्ब ९९ करोडमा सीमित रह्यो। ५६ कम्पनी बढ्दा २०९ घटे। समग्र बजार घट्दा पनि उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढ्दै रेकर्ड ११,६४२ अंकमा पुग्यो। हाइड्रोपावर सामान्य बढ्दा अन्य सबै समूह घटे। केही कम्पनीमा १० प्रतिशतसम्म मूल्य वृद्धि देखियो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #अर्थतन्त्र #लगानी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


