नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने सन्तोषजनक
२०८३ भाद्र ११

नेप्सेमा सामान्य गिरावट आए पनि तीन अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबारसँगै बजारमा लगानीकर्ताको सक्रियता देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १.०४ अंकले घटेर २,५५७.३१ विन्दुमा पुगेको छ। बजारमा तीन अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४६ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घट्यो। सर्वोत्तम पेन्ट्सको मूल्य सबैभन्दा बढी बढ्दा शिवम सिमेन्ट्स कारोबार रकममा अग्रस्थानमा रह्यो।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरबजार #कारोबार #अर्थतन्त्र #लगानी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

