दसैंको पावन अवसरमा देशभर विद्युत् आपूर्तिलाई सुचारु राख्न नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ। चाडपर्वका बेला आउन सक्ने प्राविधिक समस्या र ग्राहकका गुनासाहरूलाई तत्काल समाधान गर्न ‘नो लाइट’ सेवालाई थप सक्रिय बनाइएको छ। प्राधिकरणले कर्मचारीहरूलाई चौबीसै घण्टा सतर्क रहन र फोन उठाउने कार्यलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएको छ ताकि सर्वसाधारणले अँध्यारोमा बस्नु नपरोस्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


