रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलको मर्मतपछि अहिले उक्त स्थानमा आवतजावत पूर्ण रूपमा सञ्चालनमा आएको छ।
बाढीका कारण पुल भत्किँदा लामो समयदेखि समस्यामा परेका स्थानीय बासिन्दालाई पुल पुनः सञ्चालन भएसँगै यात्रा र दैनिक कामकाजमा ठूलो राहत मिलेको छ।


