प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनै आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कुनै फर्मसँग सम्झौता, पेस्की वा भुक्तानी नभएको तथा राज्यकोषबाट रकम खर्च नभएकाले भ्रष्टाचारको वस्तुगत आधार नरहेको बताए। खरिद प्रक्रिया कानुन र बोलपत्रका सर्तअनुसार रद्द गरिएको उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


