दसैँमा अत्यधिक मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवनले मुटुरोगको जोखिम बढाउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालले बताएका छन्। उनले सन्तुलित खानपान, नियमित व्यायाम र रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रणमा राख्न सुझाव दिएका छन्। रातो मासु र पटक–पटक प्रयोग गरिएको तेलमा पकाइएका परिकार कम खानुपर्ने उनको भनाइ छ। नियमित औषधि सेवन गरिरहेका व्यक्तिले औषधि छुटाउन नहुने र छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा धेरै पसिना आउने लक्षण देखिए तत्काल अस्पताल जानुपर्ने उनले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


