२०८२ फाल्गुण १३
निर्वाचन आयोगले प्राप्त उजुरीहरूको छानबिनपछि आचारसंहिता विपरीत रहेका केही सामग्री हटाउन तथा केही व्यवस्थापन गर्न सम्बन्धित निकायमा पत्राचार गरेको जनाएको छ।
काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने आयोगले जनाएको छ ।
२०८२ फाल्गुण १२
निर्वाचन सर्ने हल्लाप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ र निर्वाचन तोकिएकै समयमा हुनुपर्ने कुरा पार्टीले पुनः दोहोर्याइएको छ।
भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने विषयमा छलफल भएको छ, तर मतदानअगाडि कति दिनदेखि विदेशी नम्बर प्लेटका सवारी चल्न नदिने भन्ने निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई दिइएको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
२०८२ फाल्गुण १०
यसपटकको निर्वाचनमा ९–१० लाख नयाँ मतदाता थपिनु सकारात्मक परिवर्तन हो, जसमा मुख्य रूपमा युवा रहेका छन् र उनीहरू सुशासनको खोजीमा उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुने देखिन्छ।
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्यले मात्र नभई उम्मेदवारहरूले पनि ठूलो धनराशी खर्च गरिसकेको र यसतर्फ सबैको ध्यानाकर्षण गरिनुपर्ने बताए।
२०८२ फाल्गुण ८
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक नियुक्ति रद्ध गर्न रिट दायर भए पनि सर्वोच्चले अझै सुनुवाइका लागि पेसी तोकेको छैन।
रास्वपाले आफ्ना कार्यकर्ता संलग्न नभएको दाबी गर्दै केही घुसपैठ र अवाञ्छित तत्वले भ्रम फैलाएको आरोप लगाएको छ।
२०८२ फाल्गुण ७
स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन् भने जनार्दन ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका पूर्वजिल्ला अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य हुन्।