मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो, यातायात अवरुद्ध
२०८३ श्रावण १८

मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने खुलाउन तीन वटा उपकरण परिचालन गरिएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डको मुग्लिन बजार नजिक सोमबार दिउँसो पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन तीन वटा उपकरण परिचालन गरिएको छ। करिब ४५ मिनेटमा सडक खुल्ने अनुमान गरिएको छ। यसअघि बिहान पनि पहिरोका कारण सडक प्रभावित भएको थियो।
Tags:
#छोटोखबर #मुग्लिन #नारायणगढ #पहिरो #सडकअवरुद्ध #यातायात #सडकडिभिजन #चितवन #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


