फागुन १ देखि प्रहरीको रासन स्केल बढ्ने
२०८२ माघ १५

आगामी फागुन १ गतेदेखि लागू हुने गरी रासन स्केल र दैनिक रकम बढाउने निर्णय भए पनि कति वृद्धि गरिएको हो भन्नेबारे हालसम्म जानकारी दिइएको छैन।
सरकारले आगामी फागुन १ गतेदेखि नेपाल प्रहरीको रासन स्केल बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा रासन सुविधा सशस्त्र प्रहरी र नेपाली सेनासरह बनाउने निर्णय गरेको हो। हाल उपत्यकामा कार्यरत प्रहरीले दैनिक २०१ रुपैयाँ पाउँदै आएका छन्। रासन भत्तामा वार्षिक ६ अर्बभन्दा बढी खर्च हुँदै आएको छ।
Tags:
#नेपालप्रहरी #रासनभत्ता #मन्त्रिपरिषद् #गृहमन्त्रालय #सुरक्षानिकाय #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३