पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याइन्छ : आईजीपी कार्की
२०८३ भाद्र ७

आईजीपी कार्कीले पुराना अपराध नबिर्सिने प्रहरी संगठनले दोषीलाई जुनसुकै बेला कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले दशकौँ पुराना घटनाका दोषीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। पुराना जघन्य अपराधको विशेष टोली र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान भइरहेको उनले बताए। प्रविधिजन्य अपराध बढ्दै गएकाले आधुनिक अनुसन्धान प्रणाली, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
Tags:
#छोटोखबर #नेपालप्रहरी #आईजीपीदानबहादुरकार्की #अपराधअनुसन्धान #प्रविधिजन्यअपराध #सुरक्षा #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


