स्मार्ट सेल घोटाला प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
२०८३ श्रावण २६

स्मार्ट सेल घोटाला प्रकरणमा सीआईबीले २२ जनालाई प्रतिवादी बनाउन र करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्न राय दिएको छ।
स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा तत्कालीन स्मार्ट सेलका ६ प्रबन्ध निर्देशक, स्मार्ट सेलका तीन खरिदकर्ता, एनसेलका नौ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका दुई र नेपाल दूरसञ्चार प्राधिकरणका एक गरी २२ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ। करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने सीआईबीको राय छ।
Tags:
#छोटोखबर #स्मार्टसेल #सीआईबी #घोटालाप्रकरण #एनसेल #नेपालसमाचार #भ्रष्टाचार #अनुसन्धान
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


