सुनसरी घटनामा दोस्रो युवाको पनि मृत्यु
२०८३ श्रावण १४

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ।
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। आइतबार भएको घटनामा उनी पेटमा गोली लागेर घाइते भएका थिए। यसअघि सोही घटनामा अर्का एक युवाको मृत्यु भइसकेको थियो। घटनामा अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Tags:
#छोटोखबर #सुनसरी #देवानगञ्ज #जयप्रकाशमेहता #प्रहरीगोली #नेपालसमाचार #ब्रेकिङ #शान्तिसुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


