कप्तानगञ्ज घटनाबारे स्थलगत प्रतिवेदनद्वारा सरकारलाई विभिन्न सुझाव
२०८३ भाद्र २

कप्तानगञ्ज घटनाबारे प्रतिवेदनले धार्मिक संस्थाको नियमन, सीमा सुरक्षा, सामाजिक सद्भाव र सुरक्षा निकायको भूमिकामाथि छानबिन गर्न सुझाव दिएको छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव, झडप र गोलीकाण्डबारे स्थलगत अध्ययन प्रतिवेदनले धार्मिक विद्यालयको नियमन, सीमा अपराध नियन्त्रण र सामाजिक सद्भाव कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ। प्रतिवेदनले घटनाका क्रममा सुरक्षा निकायको भूमिकासहित पूर्वसूचनाको प्रभावकारिता छानबिन गर्नुपर्ने उल्लेख गरेको छ। साथै मदरसाको दर्ता, पाठ्यक्रम, शिक्षक योग्यता, आर्थिक स्रोत र नियमित अनुगमनको कानुनी व्यवस्था बनाउन सुझाव दिइएको छ।
Tags:
#छोटोखबर #कप्तानगञ्ज #सुनसरी #साम्प्रदायिकतनाव #सामाजिकसद्भाव #सुरक्षा #मदरसानियमन #सीमासुरक्षा #सीमाअपराध #सरकार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


