शैक्षिक सत्र सुरु हुनुअगावै र वार्षिक परीक्षाको नतिजा नआउँदै भर्ना रोक्न सर्वोच्चको आदेश
२०८२ चैत्र २०

सर्वोच्चले शैक्षिक सत्र सुरु हुनुअगावै र वार्षिक परीक्षाको नतिजा नआउँदै निजी विद्यालयको भर्ना प्रक्रिया रोकेको छ।
सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा अघि निजी विद्यालयले भर्ना प्रक्रिया सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रवेश परीक्षा र भर्ना रोक्न निर्देशन दिएको हो। कानुनविपरीत चैतमै भर्ना लिने अभ्यासमाथि रोक लगाइएको छ। अब नतिजा प्रकाशनपछि मात्र भर्ना गर्नुपर्ने बाध्यता विद्यालयहरूमा लागू हुनेछ।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #शिक्षा #निजीविद्यालय #भर्ना #नेपाल #कानुन #विद्यार्थी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३