प्रधानमन्त्री कार्की: तोकिएकै मितिमा निर्वाचन
२०८२ पौष १६

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग लगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै मुलुकलाई तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने अवस्थामा पुर्याउन योगदान गरेको बताइन्।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छन्। प्रधानमन्त्री कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको सर्वपक्षीय संवादमा राजनीतिक दल, युवासँगको सम्वाद र सहयोगले निर्वाचन सम्भव भएको उल्लेख गरिन्। प्रम कार्कीले विगतका राजनीतिक परिवर्तनले आम नागरिकको जीवनस्तर सुधार गर्न र दिगो हुन नसकेकोले निराशा निम्त्याएको दावी गरिन्।
Tags:
#प्रधानमन्त्रीकार्की #निर्वाचन #नेपालराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


