हुलाक भन्सारका तीन कर्मचारी घुससहित पक्राउ
२०८२ माघ १९

पुडासैनीबाट घुसका रूपमा १ लाख ४६ हजार ४२० रुपैयाँ र रिजालको साथबाट घुस तथा स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखाका तीन कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियारले भन्सार अधिकृत इन्द्र न्यौपाने, नासु छवि रिजाल र कार्यालय सहयोगी गणेश पुडासैनीलाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद रकम र २३ थान मोबाइल बरामद गरिएको छ।
Tags:
#अख्तियार #घुसकाण्ड #त्रिभुवनविमानस्थल #भन्सार #भ्रष्टाचार #हुलाकभन्सार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३