२४ घण्टामा विपद्: ४ जनाको मृत्यु, करोडौँको क्षति
२०८२ चैत्र ३

चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर ७३ वटा विपद्का घटना घटेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशका ४३ जिल्लामा ७३ विपद् घटना हुँदा ४ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। हावाहुरी, आगलागी, सर्पदंश र चट्याङ मुख्य कारण बनेका छन्। करिब २ करोड ४१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। चालु वर्षमा हालसम्म ६,९५१ घटना, ४७५ मृत्यु, ३८ बेपत्ता र १२,६५० परिवार प्रभावित भएका छन्।
Tags:
#छोटोखबर #विपद् #हावाहुरी #आगलागी #नेपालसमाचार #प्राकृतिकविपद् #क्षति #आपत्कालीनस्थिति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

