रिगलको माफी मिनाहा सदर गर्न माग अस्वीकार
२०८२ चैत्र १९

सर्वोच्चले रिगलको माफी मिनाहा सदर गर्ने माग खारेज गर्यो।
सर्वोच्च अदालतले चेतन मानन्धर हत्या प्रकरणमा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई राष्ट्रपतिले दिएको माफी मिनाहा सदर गर्न गरिएको माग अस्वीकार गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको बृहत् पूर्ण इजलासले उक्त मागअनुसार आदेश जारी नहुने निर्णय गरेको हो।
Tags:
#छोटोखबर #सर्वोच्चअदालत #रिगल #योगराजढकाल #कानुन #न्याय
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

