बालेन शाहद्वारा राजीनामा, उपमेयर डंगोल कार्यवाहक प्रमुख
२०८२ माघ ४

आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
काठमाडौंका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डंगोलसमक्ष राजिनामा बुझाएका हुन्। राजीनामा पछि डंगोल कार्यवाहक प्रमुख बनेकी छन्। बालेन शाह रास्वपा प्रवेश गरी झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन्। रास्वपा कार्यालयमा उनलाई स्वागत कार्यक्रम रहेको छ र आजै उनी जनकपुर जाने कार्यक्रममा सहभागी हुनेछन्।
Tags:
#बालेनशाह #सुनिताडंगोल #राजीनामा #रास्वपा #झापा५ #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


