Choto Khabar Logo

त्रिवि तालाबन्दी २५ दिनपछि खुल्यो

२०८२ माघ १२
त्रिवि तालाबन्दी २५ दिनपछि खुल्यो
तालाबन्दीले प्रशासनिक काम प्रभावित भएपछि सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न अल्टिमेटम दिएको थियो।
त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) द्वारा लगाइएको तालाबन्दी २५ दिनपछि प्रशासनको सहयोगमा खुलेको छ। विद्यार्थीहरूले चार विभागको शुल्क घटाउन माग गर्दै उपकुलपति, रेक्टर लगायतका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए । उपकुलपति दीपक अर्यालका अनुसार तीन सदस्यीय शुल्क समायोजन समिति गठन गरिएको छ। समितिको सिफारिसअनुसार शुल्क घटाउने काममा केही समय लाग्ने उपकुलपति अर्यालको जिकिर छ।

Tags:

#त्रिभुवनविश्वविद्यालय #तालाबन्दी #विद्यार्थी #शुल्कसमायोजन #अनेरास्ववियु #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू