लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण १४

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाको लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
सिरहाको लहान क्षेत्रमा पनि बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले पूर्व–पश्चिम राजमार्ग आसपासका तोकिएका क्षेत्रमा आवतजावत तथा सबै प्रकारका भेला, जुलुस र प्रदर्शनमा रोक लगाएको जनाएको छ। यसअघि गोलबजार क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको थियो।
Tags:
#छोटोखबर #सिरहा #लहान #कर्फ्यु #शान्तिसुरक्षा #जिल्लाप्रशासन #नेपालसमाचार #ब्रेकिङ
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


