Choto Khabar Logo

खोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना

२०८२ चैत्र ४
खोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना
सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ।
खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा बुधबार दिउँसो एयर डाइनेस्टीको चार्टर्ड ‘९-एनएफक्यू’ हेलिकप्टर अवतरण गर्दा भित्तामा ठोक्किएको छ। हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए। एक यात्री काजीबहादुर राई घाइते भएका छन् भने अन्य पाँच जना सकुशल छन्। हावाको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको उपचारका लागि हेलिकप्टर पठाइँदैछ।

Tags:

#खोटाङ #हेलिकप्टरदुर्घटना #घटनास्थल #घाइते #छोटोखबर #एयरडाइनेस्टी

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू