कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ
२०८३ श्रावण २२

बैंकिङ कसुर मुद्दामा फरार रहेका कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ परेका छन्।
समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्। बाँके प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका शाह, नेपालगन्जकी दीपा थापा र सुभेच्छा श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूलाई थप कारबाहीका लागि शुक्रबार उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ। बैंकको व्यवस्थापन समूहतर्फबाट परेको जाहेरीपछि प्रहरीले अनुसन्धान गरी मुद्दा अघि बढाएको थियो।
Tags:
#छोटोखबर #कर्णालीविकासबैंक #बैंकिङकसुर #पक्राउ #बाँके #नेपालगन्ज #उच्चअदालत #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


