तेल बजारमा उतारचढाव: अमेरिका–इरान तनावले मूल्य फेरि बढ्यो
२०८२ चैत्र १०

यसअघि सोमबार ट्रम्पले इरानमा ५ दिन आक्रमण स्थगन गर्ने घोषणा गरेपछि कच्चा तेल ब्रेन्ट क्रुड ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेर ९६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सकारात्मक वार्ता भएको दाबी गरेपछि घटेको ब्रेन्ट कच्चा तेलको मूल्य फेरि बढेको छ। इरानले वार्ता अस्वीकार गरेपछि मूल्य प्रतिब्यारेल १०३ डलर नाघ्यो। आक्रमण स्थगन घोषणाले घटेको मूल्य पुनः उकालो लाग्यो। दुवै पक्षबीच तनाव कायम रहँदा युद्ध जारी छ र बजारमा अनिश्चितता बढेको छ।
Tags:
#छोटोखबर #तेलबजार #अमेरिका #इरान #युद्ध #अर्थतन्त्र #विश्वसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

