गोर्खा मिडिया सहकारी ठगी प्रकरणमा अभियोगपत्र संशोधन स्वीकृत
२०८२ माघ २

गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका दुई अभियोग समेत फिर्ता हुने बताइएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी प्रकरणमा सबै आरोपितविरुद्धका दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन्। यससँगै रवि लामिछाने, जीबी राई, छविराज जोशीलगायतले अब सहकारी ठगी मुद्दा मात्र सामना गर्ने भएका छन्। पीडितको रकम फिर्ता गरे मिलापत्रको बाटो खुल्ने भएको छ।
Tags:
#छोटोखबर #गोर्खामिडिया #सहकारीठगी #महान्यायाधिवक्ता #रविलामिछाने #कानुन #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३