रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो
२०८३ श्रावण २८

रोल्पाको थवाङमा पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्।
अविरल वर्षापछिको पहिरोमा परी रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा अझै पाँच जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ। बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षा र लेदोसहितको पहिरोका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
Tags:
#छोटोखबर #रोल्पा #पहिरो #प्राकृतिकविपत्ति #थवाङ #उद्धार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


