सार्वजनिक यातायातको भाडा बढाउने सिफारिस
२०८२ चैत्र ११

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ।
यातायात व्यवस्था विभागले पेट्रोल–डिजेल मूल्य वृद्धिलाई आधार मान्दै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ। विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार सार्वजनिक सवारीमा ११.३३%, पहाडी मालवाहकमा १४.२९%, तराई मालवाहकमा ८.८१% भाडा वृद्धिको प्रस्ताव तयार पारेको हो। व्यवसायीहरूले तत्काल कार्यान्वयनको माग गरेका छन्।
Tags:
#छोटोखबर #भाडावृद्धि #सार्वजनिकयातायात #नेपालयातायात #पेट्रोलियम #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



