नेपाललाई इन्धन र मल आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
२०८३ बैशाख २४

भारतले नेपाललाई इन्धन र रासायनिक मलको नियमित आपूर्ति जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ।
भारतीय विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध बहुआयामिक रहेको बताउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर रहने जनाएको छ। प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापार र रणनीतिक सहकार्य मजबुत रहेको उल्लेख गरे। इन्धन आपूर्ति सम्झौताअनुसार जारी रहने र रासायनिक मल पनि आवश्यकताअनुसार उपलब्ध गराइने भारतको भनाइ छ। नेपालले मल खरिदका लागि भारतसँग जीटुजी सम्झौता गरेको छ।
Tags:
#नेपालभारतसम्बन्ध #इन्धनआपूर्ति #रासायनिकमल #भारत #नेपालसमाचार #रणधीर_जैसवाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

