राहदानी अनियमितता मुद्दामा सिद्धार्थ थापा साधारण तारेखमा रिहा
२०८३ श्रावण १५

राहदानी अनियमितता प्रकरणमा सिद्धार्थ थापा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका छन्।
राहदानी अनियमितता मुद्दामा विशेष अदालतमा आफैँ उपस्थित भएका सिद्धार्थ थापालाई साधारण तारेखमा रिहा गरिएको छ। प्रहरीले उनीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो। ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई आर्थिक भार पारेको आरोपमा उनी अनुसन्धानमा रहेका थिए। अदालतले धरौटीसमेत नलिई तारेखमा छाडेको हो।
Tags:
#छोटोखबर #राहदानीअनियमितता #सिद्धार्थथापा #विशेषअदालत #ईपासपोर्ट #भ्रष्टाचार #राहदानीविभाग #न्यायपालिका #सुशासन #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


