लामिछाने मुद्दा संशोधनमा सर्वोच्चमा सुनुवाइ जारी
२०८२ चैत्र १५

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न निर्देशन दिएपछि कानुनी विवाद सुरु भएको थियो।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा बहस भइरहेको हो। बचाउ पक्षबाट रमनकुमार श्रेष्ठले बहस गरिरहेका छन् भने त्यसपछि निवेदक पक्षको जवाफी बहस हुनेछ। मुद्दा संशोधन निर्णयविरुद्ध दायर रिटमा आजै फैसला आउने सम्भावना रहेको छ।
Tags:
#छोटोखबर #रविलामिछाने #सर्वोच्चअदालत #राजनीति #नेपाल #समाचार #न्याय #रास्वपा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

