देवानगञ्ज घटनापछि सुरक्षा व्यवस्था थप कडा
२०८३ श्रावण १३

देवानगञ्ज घटनापछि हवाई गस्ती र संयुक्त सुरक्षा परिचालनसँगै प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् राखिएको छ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबारदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त सुरक्षा निगरानी बढाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् रहेको छ। छानबिन समितिले घटनास्थल पुगेर मृतक ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ।
Tags:
#छोटोखबर #सुनसरी #देवानगञ्ज #सुरक्षाव्यवस्था #नेपालीसेना #कर्फ्यु #नेपालसमाचार #छानबिन
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


