उदयपुर सिमेन्ट क्लिङ्कर हिनामिनामा ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ माघ १८

तत्कालीन महाप्रबन्धकसहितका कर्मचारीले मिलेमतोमा क्लिङ्कर हिनामिना गरेको आरोप छ।
उदयपुर सिमेन्टमा साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिनामा अख्तियारले तत्कालीन दुई महाप्रबन्धकसहित ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धानले आर्थिक वर्ष २०७४/०७५–२०७७ पुससम्म ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि गरेको छ। प्रतिवादीहरूले कागजी रेकर्डमा बढी देखाइ वास्तविक भण्डारण कम राखेको आरोप छ।
Tags:
#उदयपुरसिमेन्ट #भ्रष्टाचारमुद्दा #अख्तियार #क्लिङ्करहिनामिना #विशेषअदालत #सरकारीसम्पत्ति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३