साढे पाँच वर्षमा २,५५७ विदेशी डिपोर्ट
२०८३ श्रावण १२

अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नेपालले साढे पाँच वर्षमा २,५५७ विदेशी नागरिकलाई डिपोर्ट गरेको छ।
नेपालले सन् २०२१ देखि २०२६ जुलाई २६ सम्म २,५५७ विदेशी नागरिकलाई डिपोर्ट गरेको अध्यागमन विभागले जनाएको छ। पछिल्लो वर्षहरूमा चिनियाँ नागरिक सबैभन्दा बढी डिपोर्ट भएका छन्। भिसा उल्लंघन, लागूऔषध, मानव बेचबिखन, संगठित अपराध र अनैतिक गतिविधिमा संलग्न विदेशीमाथि कारबाही गरिएको हो। सन् २०२६ मा मात्रै हालसम्म २८७ जना विदेशी देश निकाला भएका छन्।
Tags:
#छोटोखबर #अध्यागमन #डिपोर्ट #विदेशीनागरिक #नेपालप्रहरी #गृहमन्त्रालय #नेपालसमाचार #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


