सामुदायिक विद्यालयको जग्गा नामसारी प्रकरणमा भूमि आयोग कास्कीका प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दायर
२०८२ पौष १६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका भूमि आयोग अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको अमरज्योति आधारभूत विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमि आयोग अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि १ करोड ४० लाख २५ हजार बिगो कायम गरिएको छ। अख्तियारका अनुसार, उनीहरूबाट बिगो जफत गरी सोही रकम बराबर जरिवाना र कानुनअनुसार कैद सजायको माग गरिएको छ।
Tags:
#अख्तियार#सामुदायिकविद्यालय #जग्गानामसारी #भ्रष्टाचारमुद्दा #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३