Choto Khabar Logo

निर्वाचनअघि सामाजिक सञ्जाल दुरुपयोग नगर्न नेपाल प्रहरीको चेतावनी

२०८२ माघ २४
निर्वाचनअघि सामाजिक सञ्जाल दुरुपयोग नगर्न नेपाल प्रहरीको चेतावनी
प्रहरीले कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई गलत वा भ्रमपूर्ण रूपमा प्रयोग गरी अफवाह नफैलाउन र यस्ता सामग्रीमा लाइक, सेअर वा कमेन्ट नगर्न सबैलाई अनुरोध गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा गलत सूचना, गालीगलौज र चरित्रहत्या बढ्न सक्ने भन्दै नेपाल प्रहरीले सचेत गराएको छ। मित्थ्या सूचना सेयर गर्ने, अफवाह फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री अपराध भएको प्रहरीले जनाएको छ। साइबर ब्यूरोमार्फत सामाजिक सञ्जालको कडा निगरानी भइरहेको नेपाल प्रहरीको भनाइ छ।

Tags:

#छोटोखबर #नेपालप्रहरी #सामाजिकसञ्जाल #निर्वाचन #साइबरसुरक्षा #मित्थ्यासूचना #जिम्मेवारनागरिक

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू