Choto Khabar Logo

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता

२०८३ श्रावण २७
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता
सल्यानमा जिप भेरी नदीमा खस्दा चालक र गाडी मालिक बेपत्ता भएका छन्।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीका अनुसार जिपमा सवार चार जनामध्ये चालक र गाडी मालिक नदीमा बेपत्ता भएका हुन्। दुर्घटनामा प्रेम विक र खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन्। उनीहरू पौडी खेलेर नदीबाट बाहिर निस्किएका थिए।

Tags:

#छोटोखबर #सल्यान #भेरी #सडकदुर्घटना #जिपदुर्घटना #बेपत्ता #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू