जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
२०८२ चैत्र १

भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माइतीघरमा प्रदर्शन भएको छ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। आन्दोलनमा अग्रपंक्तिमा देखिएकी रक्षा बमसहितले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। विभिन्न घटनामा बनेका समितिका प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाइएको छ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो।
Tags:
#छोटोखबर #जेनजीआन्दोलन #माइतीघर #प्रदर्शन #छानबिनप्रतिवेदन #नेपालीसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

