Choto Khabar Logo

कानुन बने गाँजा खेती सहजीकरण गर्न अर्थ मन्त्रालय तयार

२०८३ भाद्र ५
कानुन बने गाँजा खेती सहजीकरण गर्न अर्थ मन्त्रालय तयार
कानुनी र विज्ञ अध्ययनका आधारमा औषधिजन्य गाँजा खेती व्यवस्थित भए अर्थ मन्त्रालय सकारात्मक रूपमा सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानुनबमोजिम व्यवस्थित गरिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रिय सभाको प्रश्नोत्तरमा उनले औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनबारे विज्ञ अध्ययन र आवश्यक कानुनी व्यवस्था हुनुपर्ने बताए। आर्थिक लाभ, रोजगारी र विदेशी मुद्रा आर्जनको सम्भावना भए पनि विषय नियन्त्रित लागुऔषधसँग सम्बन्धित भएकाले गृह मन्त्रालयसँग समन्वय आवश्यक रहेको उनको भनाइ छ।

Tags:

#छोटोखबर #गाँजाखेती #अर्थमन्त्री #स्वर्णिमवाग्ले #गाँजाखेतीकानुन #औषधिजन्यगाँजा #कृषि #रोजगारी #विदेशीमुद्रा #राजस्व #नेपालअर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू