सुकुम्बासी व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन
२०८३ असार २८

सुकुम्बासीको उचित व्यवस्थापन, सुरक्षा र प्रहरी दमनको विरोध गर्दै विभिन्न संस्थाले माइतीघरमा प्रदर्शन गरेका छन्।
सुकुम्बासीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापनको माग गर्दै नेपाल महिला एकता समाज, नेपाल बसोवास र जेनजी मुभमेन्ट अलायन्सलगायत संस्थाले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विपद्पछि होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको अवस्था दयनीय बनेको र सरकारले थप जोखिममा पारेको आरोप उनीहरूको छ। उद्धारकर्तामाथि प्रहरीले धरपकड र कुटपिट गरेको भन्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
Tags:
#छोटोखबर #सुकुम्बासी #माइतीघर #विरोधप्रदर्शन #नेपालमहिलाएकतासमाज #नेपालबसोवास #जेनजीमुभमेन्ट #सामाजिकन्याय #आवासअधिकार #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
