उपत्यकामा श्रृंखलाबद्ध चोरी–लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित ५ पक्राउ
२०८३ श्रावण १७

उपत्यकामा चोरी तथा लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी तथा लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुपाल्चोकका कर्मा तामाङसहित काभ्रे र कास्कीका अन्य चार जनालाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Tags:
#छोटोखबर #काठमाडौं #प्रहरी #चोरी #लुटपाट #कर्मासमूह #अपराध #पक्राउ #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


