चाबहिल यातायातका १७ कर्मचारी र ट्राफिक प्रहरीका मोबाइल जफत
२०८२ माघ १३

लिखित परीक्षामा फेल भएको मितिबाट ३ महिना पूरा नहुँदै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारीका २५ मोबाइल जफत गरेको छ। ट्राफिक प्रहरी असई डोरहरि नेपालसहित ३ जनाका मोबाइल पनि नियन्त्रणमा लिइएको छ। लाइसेन्स लिखित परीक्षामा घुस लिएर फेललाई पास गराएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
Tags:
#अख्तियार #घुसकाण्ड #यातायातकार्यालय #लाइसेन्सपरीक्षा #ट्राफिकप्रहरी #भ्रष्टाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३