Choto Khabar Logo

नेपाल ट्रस्ट जग्गा प्रकरण : पूर्वसचिव तथा पूर्वसहसचिवलाई धरौटीमा रिहा गर्न आदेश

२०८२ पौष ९
नेपाल ट्रस्ट जग्गा प्रकरण : पूर्वसचिव तथा पूर्वसहसचिवलाई धरौटीमा रिहा गर्न आदेश
बुधबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश रामचन्द्र खड्काको इजलासले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
नेपाल ट्रस्टको जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले अर्जुन कार्कीसँग ६ लाख र लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ। सीआईबीको अनुसन्धान अनुसार ६ अर्बभन्दा बढी प्रस्तावित रकम हुँदाहुँदै कम मूल्यमा सम्झौता गरी नेपाल ट्रस्टलाई ठूलो आर्थिक हानि पुर्‍याएको आरोप छ। ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

Tags:

#नेपालट्रस्ट #भ्रष्टाचार #अदालत #मुद्दा #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू