रसुवा बाढीपछि प्रधानमन्त्री शाहको अध्यक्षतामा विपद् परिषद्को आपत्कालीन बैठक
२०८३ भाद्र १०

रसुवा बाढीपछि सरकारले खोज, उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै विपद् व्यवस्थापनका प्रयास तीव्र बनाउने जनाएको छ।
रसुवामा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सम्बन्धित निकायले बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत जानकारी गराएका थिए। प्रधानमन्त्री साहले प्रभावित नागरिकको खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई सक्रिय रूपमा जुट्न निर्देशन दिएका छन्। सरकारले क्षतिको यकिन विवरण संकलन गरी राहत तथा पुनर्स्थापनाको काम तीव्र बनाउने जनाएको छ।
Tags:
#छोटोखबर #रसुवा #बाढी #प्रधानमन्त्री #बालेन्द्रसाह #विपद्व्यवस्थापन #उद्धार #राहत #पुनर्स्थापना #प्राकृतिकप्रकोप #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


