मध्यपूर्व संकटमा नेपाली सुरक्षालाई उच्च प्राथमिकता
२०८२ फाल्गुण १७

मन्त्रालयले सबै नेपालीलाई सतर्क रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न र आवश्यक परे सम्बन्धित दूतावास वा कन्सुलर सेवा विभागसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वको पछिल्लो अवस्थापछि त्यहाँ रहेका करिब १७ लाख २९ हजार नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। ट्राभल एडभाइजरी जारी गर्दै दूतावासमार्फत निगरानी बढाइएको छ। अनलाइन दर्ता प्लेटफर्म, हटलाइन र आपतकालीन उद्धार टोली गठन प्रक्रिया अघि बढाइएको छ। आवश्यक परे उद्धारसम्मका सबै विकल्प खुला राखिएको मन्त्रालयले जनाएको छ।
Tags:
#छोटोखबर #परराष्ट्रमन्त्रालय #मध्यपूर्वसंकट #नेपालीसुरक्षा #उद्धारतयारी #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ बैशाख ३