गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १४

सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै सिरहाको गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्था तनावपूर्ण बन्न सक्ने भन्दै गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यू आदेश जारी गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कसहा खोलादेखि चोहर्वा चोक तथा सैनिक चोकदेखि राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ।
Tags:
#छोटोखबर #सिरहा #गोलबजार #कर्फ्यू #जिल्लाप्रशासन #शान्तिसुरक्षा #नेपालसमाचार #सुरक्षा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४


